आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावल भन्छन्– गोविन्द केसीको सर्वत्र विरोध हुनपर्छ

आइतबार, ०१ पुस २०८०, १७ : ५३
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । नेकपा एमालेका नेता डा भीम रावलले डा. गोविन्द केसीको सर्वत्र विरोध हुनुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता रावलले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. केसीको सर्वत्र विरोध हुनुपर्ने बताए । 

उनले लेखेका छन्,‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर  निजले कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ ।’

यसअघि मंसिर २९ गते शुक्रबार अनशन बस्न भनी कैलालीको गेटा पुगेका डा. केसीको अनशनको कार्यक्रम भाँडिएको थियो । गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिसँग वादविवाद हुँदा उनको अनशनको कार्यक्रम भाँडिएको हो ।

केसीले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखेका छन् । केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग राखेपछि विश्वविद्यालयको माग राख्दै आएका सुदूरपश्चिमवासी उनीसँग रुष्ट भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप