भीम रावल भन्छन्– गोविन्द केसीको सर्वत्र विरोध हुनपर्छ
काठमाडौँ । नेकपा एमालेका नेता डा भीम रावलले डा. गोविन्द केसीको सर्वत्र विरोध हुनुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता रावलले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. केसीको सर्वत्र विरोध हुनुपर्ने बताए ।
उनले लेखेका छन्,‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर निजले कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ ।’
यसअघि मंसिर २९ गते शुक्रबार अनशन बस्न भनी कैलालीको गेटा पुगेका डा. केसीको अनशनको कार्यक्रम भाँडिएको थियो । गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिसँग वादविवाद हुँदा उनको अनशनको कार्यक्रम भाँडिएको हो ।
केसीले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखेका छन् । केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग राखेपछि विश्वविद्यालयको माग राख्दै आएका सुदूरपश्चिमवासी उनीसँग रुष्ट भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण