सरकारी निकायमा कार्यविधि बनाएर दोभासे राख्छौँ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभासे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।
प्रदेश सरकार मातहतका अस्पतालहरुमा राखेका दोभासेलाई जिल्ला बहिरा संघ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभासे राख्ने व्यवस्था गर्ने बताएका हुन् ।
प्रतिस्थापन विद्येक मार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरिएको मुख्यमन्त्री कार्कीले अभिभाकको भूमिका निर्वाह गरेको जनाएका हुन् ।
प्रदेश सरकारले नेपालको इतिहासमा नै स्वर्णिम हुने गरी बहिरा समुदायलाई लक्षित गरी दोभासेको व्यवस्था गरेकोमा महासंघका पदाधिकारीले मुख्यमन्त्रीप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
मुख्यमन्त्री कार्कीले दोभासेहरूको पेशागत सीप विकासका लागि सरकाले काम गर्ने उल्लेख गर्दै नीति नियम बनाउँदा महासंघलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण