ईसेवा र नागरिक स्टक डिलरबिच सेयर खरिद–बिक्री सेटलमेन्ट भुक्तानीका लागि सहकार्य
काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवादेखि नागरिक स्टक डिलरमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ। यसका साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि ई सेवामार्फत गर्न सकिन्छ।
यस सम्झौताले लगानीकर्ताहरूलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरेका छन् ।
हाल ईसेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढकरोड भन्दाबढि जनसङ्ख्याले सेवा लिइरहेका छन्।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानीलगायतका करिब २५ सयवटा मर्चेन्ट तथा सेवा सुविधाको भुक्तानी गर्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण