शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा’ आजदेखि पोखरामा सुरु, भ्यालुएसनमा थप २५ हजार पाइने

मङ्गलबार, ०३ पुस २०८०, १४ : ३१
मङ्गलबार, ०३ पुस २०८०

पोखरा । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखि पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्दैछ ।

यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि मोटरसाइकल वा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेञ्जमा मोटरसाइकलको भ्यालुएसनमा थप २५ हजार रुपैयाँ प्रदान गर्ने कम्पनीले घोषणा गरेको छ । 

साथै नयाँ स्कुटरको खरिदमा शुन्य प्रतिशतको ब्याजमा टीभीएस आईक्युब खरिद गर्न पनि सकिने कम्पनीले जनाएको छ । यसैगरी जम्मा १ लाख ७ हजार रुपैयाँको डाउनपेमेन्टमा नै टीभीएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । 

यसका अतिरिक्त एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा समेत लिन सक्नेछन् ।

टीभीएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ देखि ६गतेसम्म टीभीएसको पोखरास्थिति आधिकारिक डिलर बतास ब्रदर्श प्रा. लि.ले सञ्चालन गर्दैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप