मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सचिव भट्टराईले भने–सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेन

मङ्गलबार, ०३ पुस २०८०, १४ : ५५
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाएका छन् ।  

कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका विखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उनले बताए । 

मंगलबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले मुलुकमा देखिएको विखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराए । उनले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा विखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताए । कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो ।

सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चस्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पुष्टि गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप