सचिव भट्टराईले भने–सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेन
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाएका छन् ।
कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका विखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उनले बताए ।
मंगलबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले मुलुकमा देखिएको विखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराए । उनले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा विखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताए । कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो ।
सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चस्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पुष्टि गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण