आईपीएल अक्सन : कमिन्सको कीर्तिमान तोड्दै २४ करोड ७५ लाखमा बिक्री भए मिचेल स्टार्क
काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । उनलाई कोलकाता नाइट राइडर्सले कीर्तिमानी मूल्यमा खरिद गरेको हो ।
स्टार्कलाई कोलकाताले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गर्यो । आईपीएलको हालसम्मको इतिहासमा यसअघि कुनै पनि खेलाडी यति धेरै मूल्यमा बिक्री भएका थिएनन् । स्टार्कको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो ।
मिचेल स्टार्कभन्दा केही समयअघि अर्का अस्ट्रेलियन खेलाडी प्याट कमिन्सले सबैभन्दा महँगा खेलाडीको कीर्तिमान बनाएका थिए । कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । त्यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी साम करन थिए । उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो ।
कमिन्सले उनकै कीर्तिमान तोडेका थिए । कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । कमिन्सले इतिहास रचेको केही समयपछि नै उनको कीर्तिमान स्टार्कले तोडेका हुन् ।
स्टार्क अस्ट्रेलियन टोलीका अलराउन्डर खेलाडी हुन् । उनी आठ वर्षपछि पुनः आईपीएल खेल्ने तयारीमा छन् । उनी बायाँहाते तीव्र गतिका बलर हुन् । उनी नयाँ र पुरानो दुबै बलले उत्तिकै आक्रामक बलिङ गर्न सक्छन् ।
स्टार्कले पछिल्लो पटक सन् २०१५ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए । उनी तल्लोक्रममा क्रिज समाल्न आएर उत्तिकै आक्रामक ब्याटिङ गर्न पनि खप्पिस छन् । हालै सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै १६ विकेट लिएका थिए ।
अस्ट्रेलियालाई एकदिवसीय विश्वकपको उपाधि चुमाउन उनको भूमिका महत्वपूर्ण रहेको थियो । उनले हालसम्म देशका लागि ५८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ७३ विकेट पनि लिएका छन् ।
टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितालाई मिलाउँदा उनले लिएको विकेट सङ्ख्या ६ सय ४७ पुग्छ । आईपीएलमा पनि उनले हालसम्म २७ खेल खेल्दै ३४ विकेट लिएका छन् । उनले हालसम्म दुई सिजनमात्र आईपीएल खेलेका छन् ।
सन् २०१८ को आईपीएलमा उनलाई कोलकाता नाइट राइडर्सले नौ करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । तर, घाइते समस्याका कारण उनी अधिकांश समय मैदानभन्दा बाहिरै रहेका थिए । यसपटक अक्सनमा उनी सेट–४ मा परेका थिए ।
यसैगरी यसपटक अक्सनमा भारतीय खेलाडी जयदेब उनादकट सनराइजर्स हैदराबादको रोजाइमा परेका छन् । उनलाई हैदराबादले एक करोड ६० लाख भारतीय रुपैयाँमा किनेको हो । उनको न्यूनतम मूल्य ५० लाख भारतीय रुपैयाँ ताकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण