थप ८ देशसँग श्रम सम्झौता गर्ने तयारी
काठमाडौं । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी गरेको हो । सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए ।
नेपालले सन् २०२४ मा कुबेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, माल्टा, टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारेर सम्बन्धित देशलाई पठाएको छ । ति देशहरूबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रकृया अघि बढ्नेछ ।
सरकारले यूरोपका विभिन्न मुलुकहरूसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ । सरकारले हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । अब थप देशहरूसँग पनि यहि वर्ष सम्झौता गर्ने गरी कार्य भइरहेको सह–सचिव पोखरेलले बताए ।
नेपालले हाल कतार, यूएई, कोरिया, बहराइन, जोर्डन, इजरायल मलेसिया लगायतका १२ देशसँग श्रम सम्झौता गरिसकेको छ । पछिल्लो समय नेपालीहरूको आकर्षण यूरोपतिर देखिएको छ । ति देशहरूसँग श्रम सम्झौता नहुँदा नेपालीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर महंगो शुल्क तिरेर जाने गरेका छन् । श्रम सम्झौता गरेपछि ति देशहरूमा संस्थागत रूपमा श्रमिक पठाउने बाटो खुल्ने सह–सचिव पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण