नेप्सेको उकालो यात्रा जारी, ७ अर्बको कारोबार
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३५ अंकमाथिले बढेको छ । आइतबारदेखि लगातार उकालो लागिरहेको नेप्से सूचक चौथो दिनमा थप ३५.३९ अंकले बढ्दै २१४१.८७ अंकमा उक्लिएको हो ।
यस दिन कारोबारमा समेत नयाँ रेकर्ड कायम गर्दै ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ । यो लामो समय पश्चातको उच्च कारोबार हो ।
आज होटल तथा पर्यटन समूह र निर्जीवन बीमा समूह बाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक ७.१५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह र ट्रेडिङ समूहको उपसूचक क्रमशः ६.९२ प्रतिशत र ६.२० प्रतिशतले बढेका छन् ।
यता होटल तथा पर्यटन समूहको र निर्जीवन समूहको उपसूचक भने आज १.८९ प्रतिशत र ०.०८ प्रतिशतले घट्न पुगेको छ ।
आज ११ वटा कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढ्दा ६ वटा कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण