शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेको उकालो यात्रा जारी, ७ अर्बको कारोबार

बुधबार, ०४ पुस २०८०, १५ : २५
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३५ अंकमाथिले बढेको छ । आइतबारदेखि लगातार उकालो लागिरहेको नेप्से सूचक चौथो दिनमा थप ३५.३९ अंकले बढ्दै २१४१.८७ अंकमा उक्लिएको हो । 

यस दिन कारोबारमा समेत नयाँ रेकर्ड कायम गर्दै ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ । यो लामो समय पश्चातको उच्च कारोबार हो । 

आज होटल तथा पर्यटन समूह र निर्जीवन बीमा समूह बाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक ७.१५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह र ट्रेडिङ समूहको उपसूचक क्रमशः ६.९२ प्रतिशत र ६.२० प्रतिशतले बढेका छन् । 

यता होटल तथा पर्यटन समूहको र निर्जीवन समूहको उपसूचक भने आज १.८९ प्रतिशत र ०.०८ प्रतिशतले घट्न पुगेको छ । 

आज ११ वटा कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढ्दा ६ वटा कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप