पशुपति क्षेत्र विकास कोषको सल्लाहकार पद खारेज
बुधबार, ०४ पुस २०८०, १५ : ३९
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका एक सय भन्दा बढी सल्लाहकारहरूको पद खारेज गर्ने निर्णय भएको छ । बुधवार बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गर्ने निर्णय गरेको हो ।
राज संस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय भन्दा बढी सल्लाहकार खारेज गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।
परिषद् बैठकले पशुपति क्षेत्र परिषदमा मदिरा विक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोस्टहरू निर्माण गर्ने समेत निर्णय गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण