शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री प्रचण्डले जिम्मेवारीबोध गर्नुपर्छ : नेता रिजाल
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारीबोध गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता रिजालले विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको १७ वर्ष पुगिसक्दा पनि ३ पटक सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने नेता प्रधानमन्त्री भइसक्दा किन टुंगिन नसकेको भन्दै प्रश्न गरे । उनले सशस्त्र विद्रोहको नेतृत्व गरेको शक्ति सत्ताको छेउछाउमा मात्रै पुगेको भएपनि पन्छिने ठाउँ रहेको तर नेतृत्व नै गरिसिक्दा पनि किन टुंग्याउन नसकेको भन्नेकुरा रहस्यपूर्ण रहेको बताए । उनले राजनीतिका फाइदा र बेफाइदाका बिचमा शान्ति प्रक्रियाका कामहरु बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण