आगामी आर्थिक वर्षको बजेट तयारी गर्न आयोगको पत्राचार, यी हुन् प्राथमिकताका क्षेत्र
काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तयारी कार्यको कार्य अघि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गरेको छ । गत मंसिर २८ गते नै यस सम्बन्धमा पत्राचार गरिसकेको आयोगले बजेट तयारी कार्यमा विभिन्न विषयलाई उच्च प्राथमिकतामा राख्न पनि भनेको छ ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भई आवश्यक मापदण्ड पूरा गरेका आयोजना तथा कार्यक्रममा मात्र बजेट विनियोजन गर्नेगरी बजेट बनाउन आग्रह गरिएको बताए । यस्तै बजेट तयारीमा पर्याप्त गृहकार्य गरेर हरेक कार्यक्रमको लजिक सहित कार्यक्रम प्रस्ताव गर्ने, मापदण्ड पूरा नगरेका आयोजनालाई बजेटमा समावेश नगर्ने गरी व्यवस्था मिलाउन पनि पत्राचार भएको जानकारी दिए ।
यस्तै राष्ट्रिय योजना आयोगले आगामी आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने समपूरक तथा विशेष अनुदानका आयोजना तथा कार्यक्रमहरुको प्रस्ताव आह्वान सम्बन्धी सूचना गोरखापत्र दैनिकमा प्रकाशन गरिसकेको पनि जनाएको छ। यसमा भूकम्प एवम् विपदबाट भएको क्षतिलाई संवोधन गर्ने तथा आय आर्जन रोजगारी उत्पादन र उत्पादकत्व अभिवृद्धिलाई प्राथमिकतामा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण