व्यापक जनपरिचालनसहित अभियान समापन गर्ने माओवादी केन्द्रको तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले व्यापक जनपरिचालनसहित अभियान समापन गर्ने तयारी गरेको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ यही पुस १६ गते व्यापक जनपरिचालन सहित पालिकास्तरमा समापन तयारी भएको हो ।
माओवादी केन्द्रका अनुसार सबै पालिका, जिल्ला र प्रदेशहरूले अभियानको समग्र लिखित रिपोर्ट केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन पनि मातहतका कमिटीलाई निर्देशन दिइएको छ ।
माओवादीले गत भदौ १६ देखि ७ सय ५३ वटै स्थानीय तहमा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो । सो अभियान सुरुमा तीन महिने भनिए पनि दसैँ तिहारलगायतका चाडपर्वका कारण प्रभावित भएको भन्दै पुस १६ गतेसम्म थप गरिएको हो ।
माओवादीको पदाधिकारी बैठकले अभियान सकिएसँगै पुस अन्तिम साता स्थायी कमिटीको बैठक बोलाउने लगायतको निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण