प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको चेतावनी : संविधान प्रदत्त अधिकार हस्तान्तरण नगरे सङ्घर्षमा उत्रिन्छु
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे सङ्घर्षमा उत्रिने बताएका छन् । सुनसरीको भोक्राहा नर्सिंहमा निर्माण गरिएको ४०० केभिएको विद्युत् प्राधिकरणको सवस्टेशन उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका हुन् ।
‘संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ज्यूलाई आग्रह छ, उनले भने, ‘अधिकार हस्तान्तरण नगरि दिए सदन र सडकबाट सङ्घर्ष गर्छु ।’
उनले संविधानले तोकेअनुसार २५ मेगावाट सम्मको विद्युत् प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार पाउनु पर्ने बताए । उनले भने, ‘त्यसका लागि सङ्घीय सरकार र सङ्घीय संसदसँग सहकार्य सङ्घर्ष दुबै गर्नुपर्ने छ ।’
सवस्टेशन उद्घाटनपछि कोशी प्रदेशमा रहेका उद्योगी तथा व्यवसायी ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए । शुक्रवार नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको सवस्टेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण