शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागमा मेनपावर व्यवसायी कुटिए

शुक्रबार, ०६ पुस २०८०, १७ : ५४
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभाग परिसरभित्रै एक मेनपावर व्यवसायीमाथि कुटपिट भएको छ । वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् ।

केपी इन्टरनेसनल ओभरसिजका संचालक निर्मल राय अमात्यमाथि कुटपिट भएको हो । यो विषयमा वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।

कुवेतमा आफू ठगिएको भन्दै ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनी विभागको कार्यकक्षमा उपस्थित भई उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौँ भनी विभिन्न अपशब्द प्रयोग गरी सञ्चालक अमातलाई हातपात, कुटपिट र गालीगलौज गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार छलफल चलिरहेकै बेला ती महिला र उनीसँगै आएका मान्छेहरूले गालीगलौज, कुटपिट र हातपात गरेका हुन् ।

संघले विभागभित्रै यस्तो गैरकानुनी कार्य गर्नेहरुलाई कुनै पनि कारबाही नगर्नु गम्भीर र आपत्तिजनक रहेको जनाएको छ । गैरकानूनी कार्य गर्नेहरुलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न समेत माग गरेको छ । 

संघका अध्यक्ष राजेन्द्र भण्डारीले ती महिलालाई मेनपावर व्यवसायीले आफ्नै खर्चमा टिकट काटेर नेपाल ल्याएको बताए । तर, विभागमा छलफल भइरहेकै बेला मान्छेहरू बोलाएर कुटपिट गरिएको बताए । 

sangh suchana

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप