वैदेशिक रोजगार विभागमा मेनपावर व्यवसायी कुटिए
काठमाडौँ । वैदेशिक रोजगार विभाग परिसरभित्रै एक मेनपावर व्यवसायीमाथि कुटपिट भएको छ । वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् ।
केपी इन्टरनेसनल ओभरसिजका संचालक निर्मल राय अमात्यमाथि कुटपिट भएको हो । यो विषयमा वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।
कुवेतमा आफू ठगिएको भन्दै ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनी विभागको कार्यकक्षमा उपस्थित भई उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौँ भनी विभिन्न अपशब्द प्रयोग गरी सञ्चालक अमातलाई हातपात, कुटपिट र गालीगलौज गरेका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार छलफल चलिरहेकै बेला ती महिला र उनीसँगै आएका मान्छेहरूले गालीगलौज, कुटपिट र हातपात गरेका हुन् ।
संघले विभागभित्रै यस्तो गैरकानुनी कार्य गर्नेहरुलाई कुनै पनि कारबाही नगर्नु गम्भीर र आपत्तिजनक रहेको जनाएको छ । गैरकानूनी कार्य गर्नेहरुलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न समेत माग गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले ती महिलालाई मेनपावर व्यवसायीले आफ्नै खर्चमा टिकट काटेर नेपाल ल्याएको बताए । तर, विभागमा छलफल भइरहेकै बेला मान्छेहरू बोलाएर कुटपिट गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण