क्रिसमसको मुखमा काठमाडौँपछि बूढानीलकण्ठले भन्यो–फरक पोसाक किन्न बाध्य पारे कारबाही हुन्छ
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाक भन्दा फरक पोशाक किन्न बाध्य नपार्न नगर भित्रका विद्यालय सञ्चालकहरुलाई अनुरोध गरेको छ । तोकिएको भन्दा फरक पोशाक किन्न लगाइएको गुनासो आएको भन्दै नगरपालिकाले कोही कसैले परिपत्र भन्दा बाहिर गएर पोशाक किन्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको छ ।
क्रिसमस पर्वको पूर्वसन्ध्यामा नगरपालिकाका मेयर मिठाराम अधिकारीले सबै विद्यालयलाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘बुढानीलकण्ठ नगरपालिका भित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाईएको भन्ने गुनासो यस नगरपालिकामा प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ । कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम भई जाने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’
यसअघि काठमाडौँ महानगरपालिकाले यही बेहोराको सूचना जारी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण