भरतपुर महानगरपालिका : नगर प्रहरीको कमाण्डमा डिएसपी
चितवन । भरतपुर महानगरको नगर प्रहरी (डिएसपी) को कमाण्डमा आएको छ । महानगरपालिकामा नगर प्रहरीले गर्नुपर्ने कामको चाप वृद्धि भएसँगै नगर प्रहरी निरीक्षकको कमाण्डलाई परिवर्तन गरी नगर प्रहरी नायब उपरीक्षक (डिएसपी) नियुक्त गरेको हो ।
महानगरपालिकाले नयाँ २८ जना नगर प्रहरी थप गरेसँगै नगर प्रहरीको संख्या ७३ पुगेको महानगरका प्रशासन प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए ।
नयाँ थप भएकोमा नगर प्रहरी नायब उपरीक्षक १ जना, नगर प्रहरी नायब निरीक्षक १ जना, नगर प्रहरी सहायक निरीक्षक ३ जना र नगर प्रहरी जवान २३ जना रहेका छन् । यसअघि महानगरपालिकामा विभिन्न पदमा ४५ जना नगर प्रहरी कार्यरत रहेका थिए ।
शुक्रबार नगर प्रहरीको स्वागत तथा नियुक्तपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगर प्रहरीको काम र कर्तव्यलाई आत्मसाथ गर्दै सुन्दर, सभ्य र सुसंकृत महानगर बनाउने कार्यमा अगाडि बढ्न अनुरोध गरिन् ।
भरतपुर विकास निर्माण र अन्य गतिविधिमा देशकै अग्रणी पालिका रहदै आएकोमा अब देशकै उत्कृष्ट नगर प्रहरीको रुपमा परिचित हुन शुभकामना पनि दिइन् ।
यस्तै महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरको गरिमालाई थप उच्च पार्ने गरी नगर प्रहरीले कार्य सम्पादन गर्नुपर्ने बताए ।
उपप्रमुख अधिकारीले भरतपुरको २९ वटा वडामा महानगरको नीति नियमलाई कार्यान्वन गर्न कुनै त्रासमा नपरी काम गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण