बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आदित्य–एल वान जनवरी ६ मा एल वान बिन्दुमा पुग्ने

शनिबार, ०७ पुस २०८०, १३ : १४
शनिबार, ०७ पुस २०८०

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) का अध्यक्ष एस सोमनाथले भारतको पहिलो सौर्य मिशन आदित्य(एल वान जनवरी ६ मा आफ्नो गन्तव्य ल्याग्रेनजियन प्वान्ट पुग्ने बताएका छन्। यो बिन्दु पृथ्वीबाट १५ लाख किलोमिटर टाढा छ।

एस सोमनाथले शुक्रबार अहमदाबादमा पत्रकारहरूलाई भने, ‘आदित्य–वान जनवरी ६ मा एल वान बिन्दुमा पुग्नेछ। यसको सही समय उपयुक्त समयमा घोषणा गरिनेछ। जब यो एल वान बिन्दुमा पुग्छ, हामीले इन्जिनलाई एक पटक फेरि सुरु गर्नुपर्ने छ ताकि यो अगाडि न सरोस्।’

सोमनाथका अनुसार यस बिन्दुमा पुगेपछि यो एल वानमा अड्किनेछ र सूर्यको वरिपरि घुम्न थाल्छ । ‘त्यसपछि पाँच वर्षसम्म त्यहीँ बसेर तथ्याङ्क सङ्कलन गरिनेछ। यी तथ्याङ्कहरू भारतका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि धेरै महत्त्वपूर्ण हुनेछ,’ उनले भने ।

यो मिसन भारतको पहिलो अन्तरिक्ष–आधारित वेधशाला हो। यसअन्तर्गत एल वान बिन्दुबाट सूर्यको अध्ययन गरिनेछ। ईसरोले यस वर्षको सेप्टेम्बर २ मा आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष अनुसन्धान केन्द्रबाट यो मिसन प्रक्षेपण गरेको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप