आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पाँच महिनामा १४ अर्बको स्मार्टफोन आयात

आइतबार, ०८ पुस २०८०, १३ : ५५
आइतबार, ०८ पुस २०८०

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको अवधिमा विदेशबाट १४ अर्ब १० करोड रुपैयाँभन्दा धेरैको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।

यस अवधिमा विदेशबाट १५ लाख सेट मोबाइल फोन भित्रिएको तथ्यांक छ । तथ्यांकअनुसार विश्वका ४९ वटा देशबाट नेपालमा स्मार्टफोन आयात हुने गरेको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट १० अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ ।

यसपछि, भारतबाट ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ । यस्तै, भियतनामबाट ५ करोड ७४ लाख, जर्मनीबाट २३ लाख, संयुक्त अरब इमिरेट्सबाट २ अर्ब ४७ करोड र बेलायतबाट ६० लाख रुपैयाँको मोबाइलफोन भित्रिएको तथ्यांक छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप