पाँच महिनामा १४ अर्बको स्मार्टफोन आयात
आइतबार, ०८ पुस २०८०, १३ : ५५
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको अवधिमा विदेशबाट १४ अर्ब १० करोड रुपैयाँभन्दा धेरैको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।
यस अवधिमा विदेशबाट १५ लाख सेट मोबाइल फोन भित्रिएको तथ्यांक छ । तथ्यांकअनुसार विश्वका ४९ वटा देशबाट नेपालमा स्मार्टफोन आयात हुने गरेको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट १० अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ ।
यसपछि, भारतबाट ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ । यस्तै, भियतनामबाट ५ करोड ७४ लाख, जर्मनीबाट २३ लाख, संयुक्त अरब इमिरेट्सबाट २ अर्ब ४७ करोड र बेलायतबाट ६० लाख रुपैयाँको मोबाइलफोन भित्रिएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण