फेब्रुअरी ९ बाट जापान र कोरियामा दयाहाङको ‘हात्तीछाप’
काठमाडौँ । नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतीक्षा गरेका फिल्महरूले विदेशी बजारबाट राम्रो रकम भित्र्याउन सफल भएका छन् ।
यस्तैमा माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’ दर्शकको प्रतीक्षित सूचिमा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली फिल्मको बजार अब यो फिल्मले उकास्ने अपेक्षा धेरैको छ ।
यसैबिच यो फिल्म फेब्रुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज हुने भएको छ । फिल्मको रिलिज सहित जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको हो । यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । ‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतीक्षा गरिरहनुभएको छ । यसले हामीलाई अझै उत्साहित बनाएको छ’ टिम यूएनएका प्रबन्ध निर्देशक उज्वल गुरागाँइले भने ।
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण