ब्राजिललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाउने फिफाको चेतावनी
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले ब्राजिल फुटबल महासंघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । फिफाले ब्राजिललाई निकट भविष्यमा आयोजना हुने कोपा अमेरिका फुटबल र आगामी विश्वकप फुटबल समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।
ब्राजिलियन फुटबल समर्थकका लागि यो ज्यादै निराशाजनक समाचार हो । ब्राजिलियन फुटबल संघको निर्वाचनको विषयलाई लिएर विवाद सुरु भएपछि फिफाले यस्तो चेतावनी दिएको समाचारमा जनाइएको छ ।
फिफाले ब्राजिललाई पटक–पटक महासंघको निष्पक्ष निर्वाचन गराउन निर्देशन दिँदै आएको छ । तर, ब्राजिल फुटबल महासंघले भने फिफाको निर्देशनलाई बेवास्ता गर्दै आएको छ । खासगरी फिफाले ब्राजिल फुटबल महासंघका वर्तमान अध्यक्ष एडनाल्डो रोड्रिग्वेजको विकल्प खोज्नका लागि नयाँ निर्वाचनको निर्देशन दिएको हो ।
ब्राजिल फुटबल महासंघका वर्तमान अध्यक्ष रोड्रिग्वेज राजनीतिज्ञ पनि हुन् । पछिल्लो समयमा अध्यक्ष रोड्रिग्वेजका गतिविधि र उनले ब्राजिल फुटबल महासंघको निर्देशकसहित विभिन्न पदमा गरेको नियुक्तको व्यापक विरोध हुँदै आएको छ ।
हालै ब्राजिलको रियो अदालतले रोड्रिग्वेज र उनले नियुक्त गरेको निर्देशकहरुलाई पदबाट बर्खास्त गर्ने निर्णय सुनाएको थियो । अदालतको आदेशपछि रोड्रिग्वेजले महासंघको नयाँ निर्वाचन गराउन जोसे पेर्डिजलाई नियुक्त गर्ने प्रयास गरेका थिए ।
रोड्रिग्वेजको उक्त कदमको पनि व्यापक विरोध भएको थियो । ब्राजिल फुटबल महासंघको निर्वाचनका क्रममा कानुन विपरितका गतिविधिहरू भएको आरोप लागेपछि अध्यक्ष रोड्रिग्वेज विवादमा तानिएका हुन् । त्यसैले फिफाले यथाशीघ्र कानुनसम्मत तरिकाले नयाँ निर्वाचन सम्पन्न नगरे ब्राजिल फुटबल महासंघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण