हिरासतबाट नेपाली भागेपछि भारतमा चार प्रहरी निलम्बित
बिहार । लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् ।
प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्लाका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी गाँजासहित पक्राउ गरेको थियो ।
‘दुई जनलाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सगौलीमा दुईजना भागेका थिए । दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएका थिए,’ प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ ।
निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण