बृहत् च्याउ प्रदर्शनी हुने
मङ्गलबार, १० पुस २०८०, १५ : ४२
काठमाडौँ । ‘देशभरिका च्याउ किसानहरु एक हौँ’ भन्ने नाराका साथ बृहत् च्याउ प्रदर्शनी तथा परिकार महोत्सव हुने भएको छ ।
ललितपुरको जावलाखेल यूथ क्लब खेल मैदानमा पुस १५ गते सो महोत्सव आयोजना हुने भएको हो । पुस १५ गते राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपाल केन्द्रीय समितिले सो महोत्सव आयोजना गर्न लागेको छ । मेलाको मुख्य उद्धेश्य च्याउ किसानलाई जागरुक र व्यावसायिक उत्पादनमा आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने आयोजकले जनाएको छ ।
मेला बिहान १० देखि साँझ ६ बजेसम्म हुने छ । नेपालमा वार्षिक १३ हजार मेट्रिक टन च्याउ उत्पादन हुँदै आएको सरकारी तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण