स्मार्टवाचको आयातमा प्रतिबन्ध लगाउने अमेरिकी निर्णयविरुद्ध अदालत जाँदै एप्पल
क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल अमेरिकाले आफ्नो सिरिज ९ र अल्ट्रा वाचको आयात र विक्रीमा लगाएको प्रतिबन्धको विरुद्धमा अदालतमा जाने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले मंगलबार प्याटेन्ट विवादमा लगाएको प्रतिबन्ध फुकाउन नमानेपछि अमेरिकामा एप्पलका सिरिज ९ र अल्ट्रा वाचको आयात र विक्रीमा बन्देज लागेको छ ।
मेडिकल उपकरण बनाउने कम्पनी मासिमोले एप्पलमाथि आफ्नो कर्मचारी र प्रविधिको अवैध प्रयोग गरेको आरोप लगाएको थियो । यो विवादमा अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार आयोग (यूएसआईटीसी)ले प्याटेन्ट उल्लङ्घनको ठहर गर्दै एप्पलका केही घडीको आयात र विक्रीमा प्रतिबन्ध लगाएको थियो । यो महिनाको सुरुमा एप्पलले पनि अमेरिकाको अनलाइन स्टोर र पसलका तखताहरुबाट घडीहरू हटाएको थियो । अन्यत्र भने विक्री प्रभावित भएका छैनन् । अक्टोबरमा यूएसआईटीसीले राष्ट्रपतिलाई ६० दिनको समीक्षा अवधि दिएको थियो ।
यो निर्णयमा राष्ट्रपति बाइडेनसँग भिटो लगाउने ताकत थियो । तर क्रिसमसको दिनमा सकिएको समीक्षा अवधिमा राष्ट्रपतिले सो निर्णय विरुद्ध भिटो लगाएनन् । सतर्कतापूर्वक परामर्श गरेपछि यूएसआईटीसीको निर्णय नउल्ट्याउने निर्णय गरिएको अमेरिकाको व्यापार प्रतिनिधि राजदूत क्याथरिन ताईले बताएकी छिन् । भन्सार विभाग (सीबीपी)ले एप्पलको घडीका रिडिजाइनबारे विचार नगर्दासम्म प्रतिबन्धमा रोक लगाउन एप्पलको माग थियो । सीबीपीले जनवरी १२ मा यसबारे निर्णय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण