शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

१७ अंकले घट्यो नेप्से,  ५ अर्ब २४ करोडको कारोबार

बुधबार, ११ पुस २०८०, १५ : १९
बुधबार, ११ पुस २०८०

काठमाडौँ । दुई दिनको सार्वजनिक बिदापछि एकैपटक बुधबार खुलेको सेयर बजारमा १७ अंकमाथिको गिरावट आएको छ । आइतबार नेप्से सूचक २१ अंकले घट्दै २ हजार ८८ विन्दुमा अडिएको थियो ।

दुई दिनपछि आज खुलेको बजारमा थप १७.२३ अंकले घट्दै नेप्से सूचक २ हजार ७०.८४ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२५ अंकले घट्दै ३८७.०७ अंकमा झरेको नेप्सेले जनाएको छ । 

तथापि, आज पनि उत्साहपूर्ण कारोबार हुँदै ५ अर्ब २४ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज म्चुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ०.५३ प्रतिशत र १.१६ प्रतिशतले बढेको छ । भने बाँकी ११ वटा समूहको उपसूचक ऋणात्मक भएको छ । 

आज ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ९ वटा कम्पनीको मूल्य ८ प्रतिशतमाथिले बढेको छ । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप