१७ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार
काठमाडौँ । दुई दिनको सार्वजनिक बिदापछि एकैपटक बुधबार खुलेको सेयर बजारमा १७ अंकमाथिको गिरावट आएको छ । आइतबार नेप्से सूचक २१ अंकले घट्दै २ हजार ८८ विन्दुमा अडिएको थियो ।
दुई दिनपछि आज खुलेको बजारमा थप १७.२३ अंकले घट्दै नेप्से सूचक २ हजार ७०.८४ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२५ अंकले घट्दै ३८७.०७ अंकमा झरेको नेप्सेले जनाएको छ ।
तथापि, आज पनि उत्साहपूर्ण कारोबार हुँदै ५ अर्ब २४ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज म्चुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ०.५३ प्रतिशत र १.१६ प्रतिशतले बढेको छ । भने बाँकी ११ वटा समूहको उपसूचक ऋणात्मक भएको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ९ वटा कम्पनीको मूल्य ८ प्रतिशतमाथिले बढेको छ । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण