जाजरकोटको कुशेमा चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर –९, को घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपाली रहेकी छन् । उनको बुधवार बिहान मृत्यु भएको हो ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले उनको चिसोकै कारण मृत्यु भएको रातोपाटीलाई जानकारी दिए । उनले मङ्सिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए ।
‘बिरामी अरू खासै केही थिएन, चिसोकै कारणले हो,’ परिवारको भनाई उद्धृत गर्दै अध्यक्ष बस्नेतले रातोपाटीसँग भने, ‘त्रिपालका बसिरहेका थिए, मैले प्रहरी, स्वास्थ्य चौकी सबैलाई स्वयम् मैले नै बुझेको हुँ ।’
उनका अनुसार कल्पनाले मङ्सिर १७ गते जुम्ल्याहा दुई वटा बच्चा जन्माएकी थिइन् । कार्तिक १७ गते गएको भूकम्पले कल्पनाको घरमा क्षति पुर्याएको थियो ।
अध्यक्ष बस्नेतका अनुसार त्रिपालमुनि अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेको बताए । ‘कोही दीर्घ रोगी, कोही क्यान्सर सम्बन्धीका बिरामीहरूको गरी चिसोका कारण ६ जनाको मृत्यु भयो,’ उनले भने, ‘हामीले चिसोबाट जोगाउनका लागि अस्थायी आवास बनाउने नै हो । त्यो काम भइरहेको छ । अहिलेसम्म डेढ सय जति अस्थायी आवास बनाएका छौँ, सबै मिलेर ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने