बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पुरानो बानेश्वरमा ढिस्कोले पुरिएका मजदुरको उद्धार

बुधबार, ११ पुस २०८०, १८ : ४०
बुधबार, ११ पुस २०८०

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरमा ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका मजदुरको उद्धार गरिएको छ । मंगलबार मध्यराति ढल बनाउने क्रममा बानेश्वरबाट सेतोपुलतर्फ जाने सडकमा ढिस्को खसेर २५ वर्षीय योगेन्द्र लिम्बु पुरिएका हुन् । 

पाँचथरको फिदिम नगरपालिका–१२ घर भएर गौशाला बस्ने योगेन्द्रलाई तत्काल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । 

प्रहरी कन्ट्रोलमार्फत मजदुर पुरिएको खबर आएपछि प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेवे नेतृत्वको टिम उद्धारमा खटिएको थियो । उद्धारपछि उनको पुरानो बानेश्वरस्थित फ्रन्टलाईन अस्पतालमा उपचार भइरहेको छ । 

मध्यराति पौने १२ बजे प्रहरी पुग्दा योगेन्द्र लिम्बु पूर्णरुपमा पुरिएको अवस्थामा भेटिएको एसएसपी खत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप