पुरानो बानेश्वरमा ढिस्कोले पुरिएका मजदुरको उद्धार
बुधबार, ११ पुस २०८०, १८ : ४०
काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरमा ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका मजदुरको उद्धार गरिएको छ । मंगलबार मध्यराति ढल बनाउने क्रममा बानेश्वरबाट सेतोपुलतर्फ जाने सडकमा ढिस्को खसेर २५ वर्षीय योगेन्द्र लिम्बु पुरिएका हुन् ।
पाँचथरको फिदिम नगरपालिका–१२ घर भएर गौशाला बस्ने योगेन्द्रलाई तत्काल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
प्रहरी कन्ट्रोलमार्फत मजदुर पुरिएको खबर आएपछि प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेवे नेतृत्वको टिम उद्धारमा खटिएको थियो । उद्धारपछि उनको पुरानो बानेश्वरस्थित फ्रन्टलाईन अस्पतालमा उपचार भइरहेको छ ।
मध्यराति पौने १२ बजे प्रहरी पुग्दा योगेन्द्र लिम्बु पूर्णरुपमा पुरिएको अवस्थामा भेटिएको एसएसपी खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण