अदालतको आदेशपछि सिप बिल्डिङमा अनुत्तीर्णलाई ईपीएसका लागि आवेदन खुला
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको हो ।
उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिई सम्पर्क गर्न अनुरोध गरेको छ । तोकिएको मितिमा सम्पर्कमा नआएको खण्डमा शाखा जबाफदेही नहुने जनाएको छ ।
ईपीएस शाखाले मंसिर १९ गते उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशन गरिएको थियो । । उक्त सूचनाको बुँदा नम्बर ५ (च) मा सन् २०२३ भित्र अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरुले उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) मा फाराम भर्न नपाउने भनेको थियो ।
उक्त सूचनाकाविरुद्ध सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रमा सामेल भएका आवेदकहरूमध्ये सुरज पाठक समेत १८ जनाले सन् २०२३ मा आवेदन माग गरिएको उत्पादनमूलक क्षेत्रको परीक्षा आवेदन फाराम भर्न पाउनुपर्ने माग राखी उच्च अदालत पाटनमा निवेदन पेस गरेका थिए । उक्त निवेदनमा उच्च अदालत पाटनले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै निवेदकहरुलाई फाराम भर्न रोक नलगाउनु र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनु भनी अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालतमा निवेदन दिनेहरूलाई पुस १३ गते आवेदन फाराम भर्नका लागि ईपीएस कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
ईपीएस शाखाले अदालतमा निवेदन दिएकाहरूको हकमा मात्रै आवेदन खुला गरिएको जनाएको छ । अदालतले उनीहरूलाई प्रक्रियामा सामेल गराउन भनेकाले उनीहरूलाई मात्रै सामेल गराउन लागिएको ईपीएस कार्यालयको दाबी छ । जबकि सिप बिल्डिङका लागि आवेदन दिएकामध्ये २८ हजारभन्दा बढी अनुत्तीर्ण भएका थिए । उनीहरू उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिनबाट वञ्चित भएका छन् । उनीहरूले आवेदन फाराम भर्न पाउनुपर्ने माग राख्दै आएका छन् । त्यसका लागि उनीहरूले ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापनपत्र बुझाउनुका साथै अदालतमा निवेदन समेत दिएका थिए ।
उत्पादनमूलक क्षेत्रका लागि आह्वान गरिएकोमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन फाराम भरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण