शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

बुधबार, ११ पुस २०८०, १९ : ०६
बुधबार, ११ पुस २०८०

काठमाडौँ । काठमाडौँको गौशालाबाट प्रहरीले २१ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ सिफलस्थित रोहित गुरुङ र जुनु गुरुङले भाडामा लिएर संचालन गरेको दुई वटा जुवा खालबाट आरोपीहरु पक्राउ परेका हुन् ।

जुवा खालबाट ५ लाख ११ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा घर भएका मोतिलाल तामाङ, दोरम्बा घर भएका जंग बहादुर तामाङ, सिन्धुपाल्चोक घर भएका जयराम कार्की, चितवनका कमन सिंह घिसिङ्ग, काठमाडौँको नागार्जुन घर भएका शरण बहादुर गुरुङ र चन्द्रागिरि घर भएका दुर्गालाल महर्जनसहित २१ जना छन् ।

जुवा खाल संचालन गर्ने ओखलढुंगा घर भएकी ३९ वर्षीया जुनु गुरुङ, गोरखा घर भएकी ३९ वर्षीया सिता भुजेल र ३३ वर्षीया सन्त माया गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरुविरुद्ध प्रहरीले जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप