जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
काठमाडौँ । काठमाडौँको गौशालाबाट प्रहरीले २१ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ सिफलस्थित रोहित गुरुङ र जुनु गुरुङले भाडामा लिएर संचालन गरेको दुई वटा जुवा खालबाट आरोपीहरु पक्राउ परेका हुन् ।
जुवा खालबाट ५ लाख ११ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा घर भएका मोतिलाल तामाङ, दोरम्बा घर भएका जंग बहादुर तामाङ, सिन्धुपाल्चोक घर भएका जयराम कार्की, चितवनका कमन सिंह घिसिङ्ग, काठमाडौँको नागार्जुन घर भएका शरण बहादुर गुरुङ र चन्द्रागिरि घर भएका दुर्गालाल महर्जनसहित २१ जना छन् ।
जुवा खाल संचालन गर्ने ओखलढुंगा घर भएकी ३९ वर्षीया जुनु गुरुङ, गोरखा घर भएकी ३९ वर्षीया सिता भुजेल र ३३ वर्षीया सन्त माया गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरुविरुद्ध प्रहरीले जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण