गौशालाबाट २ वर्षीया बालिका बेपत्ता, अपहरण भएको आशंका
बुधबार, ११ पुस २०८०, २० : ४५
काठमाडौँ । काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर नजिकबाट बालिका हराएकी छन् । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ बालिका हराएकी हुन् ।
बालिकाका अभिभावक मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरुले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले बालिकाको खोजी भइरहेको बताए । रातोपाटीसँग ढुंगेलले भने–‘हराएकी बालिकाको खोजी हुँदै छ ।’
चिया खान आउने ग्राहकले बालिकालाई अपहरण गरेको आशंका गरिएको छ । बालिकाको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण