फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको निर्देशन
काठमाडौँ । चलचित्र विकास बोर्ड चलचित्र घर (फिल्महल)हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै बोर्डले ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो ।
सूचनामा भनिएको छ–नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने इजाजत पत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्न पनि आग्रह गरिएको छ । बोर्डको आग्रहलाई बेवास्ता गरेका प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण