कांग्रेस केन्द्रीय समितिको आजको बैठक ‘लाइभ’ नहुने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ नहुने बताए ।
कांग्रेसले साउन र असोजमा भएको केन्द्रीय समिति बैठक फेसबुक पेजमा लाइभ गरिएको थियो ।
कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।विश्वकर्माका अनुसार बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने उनले बताए ।
बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको बिफ्रिङ गर्ने छन् । केन्द्रीय समिति बैठक त्यसमाथि केन्द्रित हुने बुझिएको छ । बैठकले राष्ट्रियसभा उम्मेदवार छनोटको मापदण्ड बनाउने महामन्त्री गगन थापा बताउँछन् । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ । प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट उम्मेदवार चयन हुने थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण