कांग्रेस केन्द्रीय समितिको आजको बैठक ‘लाइभ’ नहुने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ नहुने बताए ।
कांग्रेसले साउन र असोजमा भएको केन्द्रीय समिति बैठक फेसबुक पेजमा लाइभ गरिएको थियो ।
कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।विश्वकर्माका अनुसार बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने उनले बताए ।
बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको बिफ्रिङ गर्ने छन् । केन्द्रीय समिति बैठक त्यसमाथि केन्द्रित हुने बुझिएको छ । बैठकले राष्ट्रियसभा उम्मेदवार छनोटको मापदण्ड बनाउने महामन्त्री गगन थापा बताउँछन् । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ । प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट उम्मेदवार चयन हुने थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने