सामसङले ल्यायो ग्यालेक्सी ए२५ ५जी
काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी ए२५ ५जी लिएर आएको छ । यो स्मार्टफोनले फुल एचडी प्लस रिजोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन प्रदान गर्दछ ।
यस फोनको अगाडी पट्टि १३ एमपीको सेल्फी क्यामराजडित छ भने पछाडी ओआईएस र भीडीआईएस (ईआईएस) युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरुलाई स्थीर, धमिलोरहित फोटो र भिडियोहरु खिच्न सहयोग गर्ने कम्पनीले बताएको छ । यसका साथै यसमा ८ एमपी अल्ट्रा वाइड कयामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।
यस स्मार्टफोनमा एक्सीनोस १२८० प्रोसेसर जडित छ भनें यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ । सामसङ ग्यालेक्सी ए२५ ५जीसँग सामसङ नक्स भल्टकोे साथ छ, जसले तपाईंको फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन ।
ग्यालेक्सी ए २५ ५जीको ५ हजार एमएएच ब्याट्री रहेको छ भने २५ वाटको टाइप सी चार्जरको सहायताले तुरुन्तै रिचार्ज समेत गर्न सकिनेछ ।
ग्यालेक्सी ए२५ ५जि दुई थरीको ८जिबि र्याम र १२८–२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा नीलो, नीलो र पहेंलो गरी ३ रङ्गहरुमा पाइन्छ ।
यो स्मार्टफोन हाल ८÷१२८ जिबिको लागि ने.रु.४०,९९९ र ८÷२५६ जिबिको लागि ने.रु.४४,९९९ बजार मूल्यमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन पटक पटक डुबिरहन्छ माइतीघर क्षेत्र ?
-
रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
-
मधेसमा कांग्रेससँगको सहकार्यलाई कायम राख्न चाहन्छन् एमाले र नेकपाका नेता
-
एमालेका युवा नेताहरूले भने : नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्छ
-
प्रधानमन्त्री बालेन शाहले माधव खनाललाई सचिवालयबाट हटाए
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण