युरोप–अमेरिका पढ्न जानेका लागि मुद्रा सटही सुविधा बढ्यो
काठमाडौँ । वैदेशिक शिक्षा यात्रामा जानेहरूका लागि विदेशी मुद्रा सटही सुविधा वृद्धि भएको छ । राष्ट्र बैङ्कले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी परिपत्र–२०७९ संशोधन गर्दै विदेशी मुद्रा सटही सुविधा बढाएको हो ।
उच्च शिक्षा हासिल गर्न जाने नेपालीहरूका लागि क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत युरोपेली मुलुकहरूका लागि अब १२ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैङ्कले जनाएको छ । यसअघि यस्तो मुलुकहरूका लागि १० हजार अमेरिकी डलरसम्मको सटही सुविधा रहेको थियो ।
यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर १ हजार ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । तर भिसा आवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आवेदन शुल्क सङ्कलन गर्न अधिकारप्राप्त निकायले परिवर्त्य मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा उल्लिखित अधिकतम अमेरिकी डलर १ हजार ५०० को सीमाले बाधा नपुर्याउने राष्ट्र बैङ्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण