मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन : योगेश भट्टराई

शुक्रबार, १३ पुस २०८०, १८ : ३१
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गरेका छन् ।  

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले वायुसेवा निगम अहिलेको स्ट्रक्चरमा सञ्चालन भइरहे अबको १० वर्षमा हिमाल सिमेन्टको जस्तो हालत हुने बताए । उनले निगमले जतिवटा नयाँ जहाज खरिद गरेर सञ्चालनमा ल्याएपनि अहिलेको मोडल परिवर्तन नगरेसम्म सुधार नहुने बताए । 

भट्टराईले निगमलाई निजी नभई नेपाल टेलिकमको मोडलमा लैजान आफू मन्त्री भएको बेला काम थालेको बताए । उनले नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर नक्कली डाटा सार्वजनिक गरेको बताए । उनले २२ अर्ब नाफा गराउने अध्यक्षलाई सबैले माला लगाएर सम्मान गर्न आवश्यक रहेको बताए । उनले २२ अर्ब नाफा भए निगमले ५० अर्बको ऋणमा २२ अर्ब घटाउन आग्रह गरे । उनले सरकारले निगमलाई अहिलेको मोडल परिवर्तन गरी जहाज ल्याउने भए एमालेले सहयोग गर्ने बताए ।

भट्टराईले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को कालोसूचीमा राख्नु ईयुको आफ्नै स्वार्थ रहेको बताए । उनले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु)को कालोसूचीमा राख्नु एउटा मात्रै नभएर राजनीतिक तथा विश्व धु्रविकरण लगायत कारण रहेको बताए । उनले सरकारले प्राधिकरण टुक्र्याउने शर्तलाई मान्न आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप