गैरिटाँड–कमलबजार–बासकाँडा सडकको शिलान्यास
अछाम । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली–चिसापानी–जङ्गलघाट–बडिमालिका–गैरिटाँड–कमलबजार–बास्काँडा सडकअन्तर्गत (गैरिटाँड–कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका छन् ।
डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार आज अछाम आइपुगेका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गर्दै उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताए । उनले सबै आयोजना निर्धारित समयभित्रै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
गैरिटाँड–कमलबजार–बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ । उक्त आयोजनाको लागत रु ६९ करोड ४३ लाख ५३ हजार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण