रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता बन्ने पक्का
रियाद । क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बन्दै अन्त्य गर्ने भएका छन् । शनिबार साउदी प्रो लिगमा अल तावोउनविरुद्ध ४–१ को जीत हासिल गर्ने क्रममा गोल गर्दै रोनाल्डोले यो वर्षको ५४ औँ गोल गर्न सफल भएका हुन् ।
पोर्चुगिज फरवार्डले क्लब र देशका लागि औपचारिक प्रतियोगितामा ५४ गोल गरे । योसँगै उनले बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेनका किलियान एम्बाप्पेको ५२ गोल तथा म्यानचेस्टर सिटीका अर्लिङ हालान्डको ५० गोलको आँकडालाई उछिनेका हुन् । अब यीमध्ये कुनै पनि खेलाडीले सन् २०२३ मा अर्को खेल खेल्ने छैनन् ।
रोनाल्डो वर्षको सर्वाधिक गोलकर्ता बनेको यो पाँचौँ पटक हो । यसअघि उनले सन् २०११, २०१३, २०१४ र २०१५ मा रियल मड्रिडमा रहँदा यो उपलब्धि हासिल गरेका छन् । सन् २०१६ पछि उनले यति धेरै गोल गरेको पहिलोपटक हो । त्यतिबेला ५५ गोल गर्दै उनले पाँचौँ बालोन डी’ ओरको उपाधि जितेका थिए ।
३८ वर्षीय खेलाडीले आफ्नो उपलब्धिबारे इन्सटाग्राममा लेखेका छन्, ‘५४..यो कहिले अन्त्य हुन्छ, म भन्नेछु । धन्यवाद टिम !’
रोचक कुरा, उनको पछिल्लो गोल म्यानचेस्टर युनाइटेडबाट विवादास्पद बहिर्गमनपछि साउदी क्लब अल नासरसँग आबद्ध भएको ठ्याक्कै एक वर्षमा आएको हो ।
शनिबारको जीतपछि अल नासर १९ खेलबाट ४६ अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा छ । टोली शीर्ष स्थानमा रहेको अल हिलालभन्दा ७ अङ्कले पछि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण