जावलाखेलमा थरीथरीका च्याउ, स्वाद चखाउन विभिन्न परिकार निःशुल्क
काठमाडौँ । आइतबार ललितपुरको जावलाखेल मैदानमा कन्ये, सीइताइके, गोब्रे, मिल्की, ब्लक स्वइस्टर, डल्ले, राजा, रातो लगायत थरीथरीका च्याउ प्रदर्शन भए । त्यहाँ च्याउ बेच्ने व्यवसायी र खरिद गर्ने ग्राहकको भिड थियो ।
_U4SlWYjdUj.jpg)
आइतबार च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघले नेपालले एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना गरेको थियो । सोही महोत्सवमा भेटिकी एक हुन् सौरबा नाइदू । बजारमा नियमित रुपमा दुई/तीन थरीमात्रै च्याउ देखेको उनले बताइन् । ‘महोत्सवमा धेरै प्रकारको च्याउ र परिकार देखियो,’ उनले भनिन्, ‘बजारमा दुई–तीन थरी मात्रै देखेको थिएँ ।’
_DbPVF9Nm7p.jpg)
च्याउ महोत्सवमा मूल्य पनि केही कम परेको उनले सुनाइन् । ‘बाहिर एक प्याकेटको १ सय ५० रुपैयाँ पर्थ्यो,’ उनले भनिन्, ‘यहाँ १ सय ४० रुपैयाँ पर्ने रहेछ ।’
_H2DwdIz6fz.jpg)
आफूलाई च्याउ मनपर्ने भए पनि पकाउने तरिका थाहा नभएको महोत्सव अवलोकन गर्न आएका तेज श्रेष्ठले बताए । ‘हामीले साधारण च्याउ खान्यौँ, यहाँ त धेरै थरीका च्याउ पाउने रहेछ,’ उनले भने, ‘स्वास्थ्यको लागि च्याउ राम्रो हुन्छ भन्ने ज्ञान छ, चाख्नका लागि राजा च्याउ किनेको छु, हेरौँ कस्तो हुन्छ ।’
_ALFQ8BEhFJ.jpg)
महोत्सवमा देशभरका करिब १५ सय च्याउ व्यवसायीको उपस्थिति थियो । व्यावसायिक रुपमा च्याउ खेती गरिँदै आए पनि च्याउको विषयमा यसरी मेला नै आयोजना गरी आम मानिसलाई बुझाउन पाउँदा व्यवसायमा थप टेवा पुग्ने व्यवसायीले आश गरेका छन् । आफूले उत्पादन गर्दै आएका च्याउ मेलामार्फत आम मानिसलाई देखाउन पाउँदा खुसी लागेको च्याउ व्यवसायी सुनिल श्रेष्ठले बताए ।
_nsRfbEvjEE.jpg)
‘पछिल्लो समय च्याउको माग राम्रो छ,’ उनले भने, ‘तर प्रचार प्रसारको कमीले आम मानिसले विभिन्न च्याउको परिकारबारे जानकारी नै पाएका छैनन्, आज यो मेलामार्फत केही जानकारी दिन पाएका छौँ ।’
_4Pml0M6kPC.jpg)
च्याउ मेलाले उत्पादक र उपभोक्ताबिच भेटको अवसर मिलाएको च्याउ व्यवसायी सुसन तिमिल्सिनाले बताए ।
_cc2rpPdISB.jpg)
७ थरी च्याउको परिकार
महोत्सवमा च्याउबाट बन्ने विभिन्न परिकारको स्वादसमेत अवलोकनकर्तालाई निःशुल्क चखाएको च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय कोषाध्यक्ष विनोद पौडेलले बताए । मसरुम पकौडा, मसरुम सुप, मसरुम फ्राइ, मसरुम साँधेको, मसरुम मःमः लगायतका परिकार महोत्सवमा थिए ।
_P96FTOw7Ex.jpg)
सो मेला करिब ३ हजार जनाले अवलोकन गरेका छन् । च्याउ, च्याउको बिउ, च्याउ उत्पादन गर्न आवश्यक सामग्री लागायत ३० वटा स्टल रहेको पौडेलले उल्लेख गरे । च्याउ दिवसको अवसरमा पहिलो पटक आयोजित एक दिने महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिने आयोजकले जनाएको छ ।
_crHY7wRfhb.jpg)
सरकारलाई मागपत्र पेस
च्याउ किसानको पेसागत सुरक्षा, संरक्षण, जीवनस्तरमा सुधार ल्याउन भन्दै संघले १९ बँुदे मागपत्र सरकारलाई पेस गरेको छ । सात वटै प्रदेशबाट व्यावसायिक रुपमा च्याउ उत्पादन गरिरहेका किसान, विज्ञहरु र च्याउसँग सरोकार राख्नेहरुसँग छलफल गरी सो मागपत्र तयार गरिएको संघले जनाएको छ ।
_D8Ycwp03QW.jpg)
माग पत्रमा पुस १५ लाई राष्ट्रिय च्याउ दिवस घोषणा गरी वार्षिक क्यालेन्डरमा सूचीकृत गरिनुपर्ने, राष्ट्रिय च्याउ विकास तथा अनुसन्धान केन्द्र स्थापना गर्न, रैथाने च्याउको अनुसन्धान गरी रैथाने च्याउको व्यावसायिक खेती गर्न, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा तीनै तहका सरकारमा च्याउ किसानहरुको अनिवार्य सहभागिता गराउने, च्याउका लागि आवश्यक मूलबिउ उपलब्धता र यसको व्यवस्थापन राज्यबाट नै गरिनु पर्ने लगायतका विषय समावेश गरिएको छ ।
_bj9H1AcAO4.jpg)
_ZLQBdPLIYH.jpg)
_aoNtZgkKWa.jpg)
_rJhR9ae4hb.jpg)
_EtaEi3o5HX.jpg)
_GD0ocXcYub.jpg)
_5zgj5SsySo.jpg)
_UoG2yVSkAY.jpg)
_rIWYbK0qxI.jpg)
_h3UsrdFMYe.jpg)
_WpOqW6LkC5.jpg)
_t90r7Ud1em.jpg)
_UZHvooRDgg.jpg)
_hdbAJEMob0.jpg)
_6VJPY6u3IH.jpg)
_SUiJA5QZsu.jpg)
_7xQx9LMfZd.jpg)
(तस्बिरहरु सुवास श्रेष्ठ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण