बालकुमारी घटनामा मृतकका परिवारलाई रोजगारी पनि दिन सुझाव
काठमाडौँ । कांग्रेस सांसद हृदयराम थानीले बालकुमारी घटनामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक क्षतिपूर्तिसहित रोजगारीको बन्दोबस्त गर्न सुझाव दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा सांसद थानीले राहतका साथै रोजगारीको व्यवस्था गर्न सुझाव दिएका हुन् ।
‘बालकुमारी घटनामा मृतकका परिवारको आर्थिक अवस्था कमजोर छ । मृतकहरू कहाँ जाँदै थिए ? रोजगारीका लागि जाँदै थिए । आमा, बाबु, दिदीबहिनी पाल्नुपर्ने भनेर जान लागेका उनीहरूलाई दिइएको १०/२० लाख मासिन सक्छ,’ उनले सरकार र सम्बन्धित निकायले दिने राहत अपुग हुने बताए ।
‘उनका परिवारलाई तत्काल रोजगारीको व्यवस्था गरियोस् भन्ने कुरा गृहमन्त्रीलाई भन्न चाहन्छु’, सांसद थानीको भनाइ छ । साथै उनले बालकुमारी घटनामा मन्त्रीजस्तो व्यक्तिलाई धकेल्ने र गाडी जलाउने अवस्था किन र कसरी आयो ? भनेर प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण