आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको तालमा ढुंगा हानेर तरंग ल्याउने इच्छा छैन : अध्यक्ष ओली

सोमबार, १६ पुस २०८०, १५ : २४
सोमबार, १६ पुस २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दलहरु संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिको विषयमा एक ठाउँमा रहेको बताएका छन् ।

सोमबार कांग्रेसले आयोजना गरेको मेलमिलाप दिवसको कार्यक्रममा ओलीले भने ‘लोकतान्त्रिक गणतन्त्रमा हामी एक छौँ । शान्तिको प्रश्नमा हामी एक छौँ । हुनुपर्दछ  । सुशासनको पक्षमा एक छौं । विकासको पक्षमा हामी एक छौँ ।’

यस्तै उनले कांग्रेसको तालमा तरंग ल्याउने आफ्नो इच्छा नरहेको बताए । ‘अहिले सरकार सञ्चालनमा सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुंगो फुत्त फालेर कुनै तरंग ल्याउने मेरो इच्छा छैन,’ उनले भने, ‘त्यता पट्टी म जान चाहन्नँ । कुनै अमन चैनमा खलल पार्न चाहन्नँ । त्यो सीमाभित्र मात्रै म बोल्छु ।’

तर, उनले सांकेतिक रुपमा कांग्रेस एमालेसँग मिलेर बलियो सरकार बनाउन तयार नभएको भन्दै प्रश्न उठाए । ‘नेपाली कांग्रेसको नीति के हो ? एक तले घर मात्र बनाउने हो ? मैले नबुझेको ?,’ उनी भन्छन्, ‘कम जमिनमा धेरै तला भएको नभत्किने गरी घर बनाऊ, एउटै घरमा धेरै कार्यभार चलोस् ।’

ओलीले देश राजाले नभई जनताले बचाउने बताए । उनले सिक्किमको उदाहरण दिएर राजावादीहरूलाई प्रश्न गरे । उनले भने, ‘सिक्किममा राजा थिए, स्वतन्त्र देश थियो । राजा हुँदा देश बच्दो रहेछ रु देश बचाउने राजाले कि जनताले हो ?’ सिक्किमा राजतन्त्र रहेका बेला त्यहाँ भएको संविधानसभाको चुनावमार्फत सिक्किलाई भारतमा विलय गराइएको थियो ।

ओलीले राजतन्त्र फेरि आउन नदिनेसमेत उद्घोष गरे । उनले भने, ‘हाम्रो कपाल त्यतिकै फुलेको छैन । हामी राजतन्त्र आउन दिँदैनौँ । तानाशाह सिस्टम ल्याउन दिँदैनौँ यो देशमा ।’

कांग्रेसका नेताहरु आजको सन्दर्भमा राष्ट्रिय एकता, महत्त्व, सान्दर्भिकता र आजको दिनमा यसलाई कसरी रूपान्तरित गर्नुपर्ने बताए ।

ओलीले बालकुमारीमा हुलमा मन्त्रीले गाडी लिएर गएर निहुँ खोजेको बताए । ओलीले मन्त्रीले गाडी लिएर हुलमा गएपछि निहुँ खोजेपछि भीड थप उत्तेजित भएको बताएका हुन्।

‘मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपर्‍यो ? हुलमा गएर, निहुँ खोजेर, उत्तेजित बनाएर गोली चलाएर मान्छे मारेको छ,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप