रुकुम पश्चिममा माओवादीको समीक्षा : ३३ हजार घरधुरीमा भेटघाट, १८ हजार अस्थायी आवास निर्माण
सुर्खेत । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले अभियानको समीक्षा गरेको छ ।
माओवादीको आधार इलाकाको रूपमा रहेको रुकुम पश्चिममा अभियान भव्य रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ ।
अभियान अन्तर्गत विभिन्न श्रम अभियानका कामहरू भएका छन् भने भूकम्प पछि सिङ्गो पार्टी कमिटी भूकम्प प्रभावितको पुनर्स्थापना केन्द्रित भएको थियो ।
अभियान अन्तर्गत रुकुम पश्चिमको इन्चार्जका रूपमा जाजरकोटका गगन खड्का खटिएका थिए ।
अभियान अन्तर्गत जिल्लाभर ३३ हजार घरधुरीमा प्रत्यक्ष भेटघाट भएको दाबी गरिएको छ । माओवादी रुकुम जिल्लाका संयोजक गोविन्द रोक्का ‘सचिन’ले भूकम्प गएपछि पनि रुकुममा माओवादीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा तीन हजार भन्दा बढी भोलेन्टियर खटेर १८ हजार अस्थायी आवास निर्माण गरिएको रोक्काले बताए ।
_Sj4Ef4Xahd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण