बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

गठबन्धन बैठक सकिएलगत्तै एमाले अध्यक्ष ओली बालुवाटारमा

बुधबार, १८ पुस २०८०, १७ : ३३
बुधबार, १८ पुस २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् ।  सत्ता गठबन्धनको बैठक बसिरहेका बेला ओली बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने बताइएको छ ।

यद्यपि सत्ता गठबन्धनको बैठकमा के सहमति भयो भन्ने सार्वजनिक भैसकेको छैन । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने बैठक निष्कर्षविहिन भएको बताएका छन् । उनले भोलि बिहान पुनः बस्नेगरी बैठक स्थगित भएको बताए । 

यसअघि बुधबार बिहान माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । त्यसअघि एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लगातारजसो भेटवार्ता र छलफल हुँदै आएको छ । कांग्रेससँगको वार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेलाई केही सिट दिएरसँगै लैजान प्रस्ताव गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप