गठबन्धन बैठक सकिएलगत्तै एमाले अध्यक्ष ओली बालुवाटारमा
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक बसिरहेका बेला ओली बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने बताइएको छ ।
यद्यपि सत्ता गठबन्धनको बैठकमा के सहमति भयो भन्ने सार्वजनिक भैसकेको छैन । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने बैठक निष्कर्षविहिन भएको बताएका छन् । उनले भोलि बिहान पुनः बस्नेगरी बैठक स्थगित भएको बताए ।
यसअघि बुधबार बिहान माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । त्यसअघि एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लगातारजसो भेटवार्ता र छलफल हुँदै आएको छ । कांग्रेससँगको वार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेलाई केही सिट दिएरसँगै लैजान प्रस्ताव गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण