उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति आपत्ति
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा गरेको न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै मधेसवादी दलहरुले विरोध जनाएका छन् । न्याय परिषद्ले बुधबार उच्च अदालतमा ३९ जना न्यायाधीशको नियुक्ति गरेको छ । संवैधानिक व्यवस्था अनुसार सो नियुक्ति समावेशी नभएको भन्दै मधेसी दल तथा विभिन्न संघ संस्थाले विरोध जनाएका हुन् ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले बुधबार विज्ञप्ति जारी गर्दै न्याय परिषदबाट भएको नियुक्तिमा संविधानको उल्लंघन भएको उल्लेख गरेका छन् । उनले संविधानको धारा ४२ (१) को उल्लघंन भएको बताए ।
यस्ता नियुक्तिहरुले न्यायिक क्षेत्रमा समेत समावेशिताको पालनाको शृङ्खला र सम्भावना समाप्त गरिरहेको बताउँदै उनले यसबारे न्याय परिषद्, समावेशी आयोग, मधेसी आयोग, थारु आयोग, महिला आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग लगायत सम्बन्धित सबैलाई गम्भीर हुन अपिल समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
-
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
-
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकार अग्रसर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण