उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति आपत्ति

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा गरेको न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै मधेसवादी दलहरुले विरोध जनाएका छन् । न्याय परिषद्ले बुधबार उच्च अदालतमा ३९ जना न्यायाधीशको नियुक्ति गरेको छ । संवैधानिक व्यवस्था अनुसार सो नियुक्ति समावेशी नभएको भन्दै मधेसी दल तथा विभिन्न संघ संस्थाले विरोध जनाएका हुन् ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले बुधबार विज्ञप्ति जारी गर्दै न्याय परिषदबाट भएको नियुक्तिमा संविधानको उल्लंघन भएको उल्लेख गरेका छन् । उनले संविधानको धारा ४२ (१) को उल्लघंन भएको बताए ।
यस्ता नियुक्तिहरुले न्यायिक क्षेत्रमा समेत समावेशिताको पालनाको शृङ्खला र सम्भावना समाप्त गरिरहेको बताउँदै उनले यसबारे न्याय परिषद्, समावेशी आयोग, मधेसी आयोग, थारु आयोग, महिला आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग लगायत सम्बन्धित सबैलाई गम्भीर हुन अपिल समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो