एथ्लेटिको मड्रिडमाथि जिरोनाको रोमाञ्चक जित
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा जिरोनाले एथ्लेटिको मड्रिडमाथि ४–३ को नाटकीय जित निकालेको छ । जितसँगै जिरोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग अङ्क बराबरी गर्दै दोस्रो स्थानमा यथावत् रहेको छ । दुवै टिमको समान ४८ अङ्क रहेको छ । पराजित भएको एथ्लेटिको मड्रिड भने ३८ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।
बुधवार राति जिरोनाले एथ्लेटिको मड्रिडमाथि सुरुदेखि नै दबाब बनाएको थियो । वालेरी फर्नान्डीजले दोस्रो मिनेटमा गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए ।१४ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एथ्लेटिको मड्रिडले खेल बराबरी गरेको थियो ।
२६ औँ मिनेटमा साभियो मुरेराले गोल गर्दै जिरोनलाई २–१ ले अघि बढाएका थिए । ३९ औँ मिनेटमा डेली ब्लाइन्डले गोल गरेपछि ३–१ को अवस्थामा पुगेको थियो । ४४ औँ मिनेटमा एथ्लेटिको मड्रिडका लागि अल्भारो मोराटाले गोल गर्दै अन्तर ३–२ मा ल्याएका थिए ।
५४ औँ मिनेटमा मोराटाले ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा आएको थियो । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा इभान मार्टिनले गोल गरेपछि जिरोना ४–३ को जित निकाल्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण