बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
जयशंकरको भ्रमण

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र जयशंकरबिच भेटवार्ता

बिहीबार, १९ पुस २०८०, १२ : १९
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार उक्त भेटवार्ता भएको हो । 

भेटका अवसरमा  नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ । 

परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

उनले आज दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग  होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप