राष्ट्रिय सभा निर्वाचनः एमालेप्रति देउवा र प्रचण्ड लचक, नेपाल कठोर
काठमाडौं । आसन्न राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई सहभागी गराउने विषयमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचक देखिएका छन् ।
बिहीबार बालुवाटरमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रिया टुंग्याउनका लागि बनेको टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न सकिने अध्यक्ष प्रचण्डको धारणा थियो ।
तर, एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउन नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनिच्छुक देखिएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केही लचक भएका छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले नेकपा एमालेले राष्ट्रिय सभामा ६ सिट मागेको ब्रिफिङ गरेका थिए । तर त्यसमा नेपाल सकारात्मक नरहेको नेताहरुको भनाइ छ ।
बिहानको बैठक मुलतः राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित भएको र थप छलफलका लागि साँझ फेरि भेटघाट गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनदेखि लिएर समसामयीक राजनीतिक विषयमा छलफल भएको छ । थप छलफल गर्न बाँकी छ त्यसका लागि साँझ बस्ने गरि उठेका छौं ।’
प्रमुख सचेतक रमेश लेखकले एमालेलाई राष्ट्रिय सभामा सहभागि गराउने विषयमा छलफल गर्न विहीबार(आज) साँझ कांग्रेस, माओवादी र एमालेको बैठक बस्ने बताए ।
एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउनेबारे संवाद कहाँ पुग्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा लेखकले भने,‘यो लोकतन्त्रमा संवाद, सहमति, सहकार्य भन्ने कुरा त कहाँ टुंगिन्छ र ? एमालेसँग राजनीतिक विषयमै छलफल भइरहेको र गठबन्धनभित्र राष्ट्रिय सभाकै विषयमा छलफल भइरहेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण