अत्यधिक चिसोले युरोपेली देशकाे जनजीवन अस्तव्यस्त, तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडसम्म

काठमाडौँ । युरोपेली देशहरूमा लगातार चिसो बढ्दा जनजीवन अस्तव्यस्त भएको छ । स्विडेनको क्विकजोक–एरेन्जार्कामा तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडमा झरेको बताइएको छ ।
यो २५ वर्षमा स्विडेनमा जनवरीको सबैभन्दा कम तापक्रम हो । अर्कोतर्फ स्क्यान्डिनेभियामा अत्यधिक चिसो र हिम आँधीका कारण विद्यालयहरू बन्द भएका छन् भने पश्चिमी युरोपमा तीव्र हावा र भारी वर्षाका कारण आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ ।
नर्डिक क्षेत्रमा बिहीबार लगातार तेस्रो दिन तापक्रम माइनस ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ । नर्डिक क्षेत्रमा यातायात अवरुद्ध भएको छ, धेरै पुलहरू बन्द छन् र केही रेल र फेरी सेवाहरू स्थगित गरिएका छन् ।
डेनमार्कमा प्रहरीले सवारी चालकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । साइबेरिया र आर्कटिक क्षेत्रबाट आएको शीतलहर पश्चिमी रुसमा पनि पुगेको छ ।
जसका कारण तापक्रम माइनस ३० डिग्री सेन्टिग्रेडभन्दा तल झरेको छ । स्विडेनमा बुधबार २५ वर्षयताकै सबैभन्दा चिसो जनवरीको रात रेकर्ड गरिएको छ ।
पानीका पाइप चिसोका कारण तापक्रम माइनस ३८.७ सेल्सियसभन्दा तल झरेका कारण उत्तरी ल्यापल्याण्ड क्षेत्रमा पानीको सङ्कट भएको छ ।
जसका कारण टम्पेरे सहरका जनता पानीविना बाँच्न बाध्य छन् । यो अवस्था केही दिनसम्म रहन सक्छ । बेलायत, आयरल्यान्ड, नेदरल्याण्डमा तूफान ह्याङ्कआँधीले पश्चिमी युरोपका केही भागमा ठुलो क्षति पु¥याएको छ । बेलायत, आयरल्याण्ड र नेदरल्यान्ड्स ‘हेङ्क’ आँधीको चपेटामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण