व्यापारीलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ
शुक्रबार, २० पुस २०८०, १२ : ३६
काठमाडौँ । व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–८ घर भएका ३५ वर्षीय श्रीभगवान साह छन् ।
उनले व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम मागेको आरोप छ । एक व्यापारीलाई शाहले फोन गरेर मार्ने धम्की दिएर ५० लाख रुपैयाँ मागेका हुन् ।
उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण