पैसाको महिमा
भए पनि नहुने
नभए पनि नहुने
भए सबैले गन्ने
नभए कसैले मान्छे पनि नगन्ने
धेरै कमाए अहमता बढ्ने
कमाउन नसके जीवनभर पछुताउनु पर्ने
न छ यसको हात,
न त छ कुनै खुट्टा
तर पनि छैन यसलाई फुर्सद कहिले ?
चाहिन्छ यो जन्मेदेखि मृत्यु पर्यन्तसम्म पनि
नहुँदा हुन्छन् आफन्त, साथीभाइ पनि पराई
हुँदा हुन्छन्, पराई पनि आफ्नो
हुन्छ यसमा चुम्बकीय शक्ति
अनि हुन्छ यसमा जादुको छडी ।
भुल्छन् यसको पछि लाग्दा, भोक र नीदसमेत
भुल्छन् यसको पछि लाग्दा, आफन्त साथीभाइ सबै
भुल्छन् यसका लागि मानिसले, पाप र कुकर्म गर्न पनि
हेक्का राख्दैनन् यसका लागि मानिसले, धर्म र पाप पनि
डर मान्दैनन् कुस्त कमाउन, गैरकानुनी काम पनि
कमाउँछन् नाम उसले, जोसँग हुन्छ पैसा प्रशस्त
पैसा भएपछि गाह्रो रहेनछ नाम कमाउन
नाम र प्रतिष्ठा अब त पैसामा पनि बिक्दो रहेछ यहाँ
पैसाको छ महिमा अपरम्पार ।
बुझ्न छ अति गाह्रो छ यसको महिमा
यसका लागि मानिस मर्न र मार्न पनि पर्दैन पछि
यो कस्तो नशा हो पैसाको ?
कमाएपछि झन् झन् ज्यादा कमाउन मन लाग्ने
अब त दुनियाँको रिक्त नै भएझैँ लाग्छ
जसरी भए पनि कमाऊ प्रशस्त पैसा,
मृत्युशय्यामा पर्दा पनि भुल्न सक्दैन यसलाई
भन्छन् यसलाई नगद नारायण
अनि लिन्छन् लक्ष्मीका रूप पनि
जीवनभर पछि लाग्छन् मानिस यसको
पुग्दैन मानिसलाई जति कमाए पनि
लाग्छ मानिस मरेर पनि साथै लाने झैँ गरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण