उच्च शिक्षाका लागि आउजाउ गर्न छात्राहरूलाई साइकल

विराटनगर । पढाइमा अब्बल रहेका छात्राहरूलाई स्थानीय निकायले साइकल दिएर सहयोग गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १४ वडाले २०७९ सालमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका छात्राहरूलाई साइकल वितरण गरेको हो ।
उच्चशिक्षा अध्ययनका लागि सहज होस भनेर साइकल दिएर सहयोग गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए । कार्यक्रममा ३० जना छात्रालाई साइकल प्रदान गरिएको थियो ।
एसइईपछिको उच्च शिक्षाका लागि वडा कार्यालयले सहजताको लागि साइकल दिएकोमा छात्राहरू खुसी भएका थिए । एसइई उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न सम्बन्धित शैक्षिक संस्थामा आउजाउ गर्न सजिलो हुने भएको छात्राहरूले बताए ।
टाढाका शैक्षिक संस्था जान यातायातको सहजता नहुँदा आउजाउ गर्न उनीहरूलाई कठिनाइ हुने गरेको थियो । वडा कार्यालयले छात्राहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साइकल दिएको जनाएको छ ।
आगामी दिनमा पनि उनीहरूको पढाइमा भरथेग गर्ने खालका कार्यक्रम ल्याइने वडाध्यक्ष महतोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार