पाटन अस्पतालमा बिरामीको मृत्यु प्रकरण : औषधिका कारणले मृत्यु नभएको रिपोर्ट
काठमाडौँ । पाटन अस्पतालमा इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको भनिए पनि औषधिका कारणले मृत्यु नभएको रिपोर्ट आएको छ । गत कात्तिक १८ गते अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो ।
ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुङ्गाकी ९० वर्षीय जनमाया राईलाई मृत्यु हुनुभन्दा केही समयअगाडि लगाइएको सुईमार्फत दिइएको औषधिबाट ज्यान गएको आफन्तले दाबी गरेका थिए । तर औषधिका कारणले उनीहरूको मृत्यु नभएको छानबिनबाट पुष्टि भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज शर्माले बताए ।
उनका अनुसार दुवै बिरामी ९० वर्षीय राईलाई दम र खोकी थियो । सोही कारणले मृत्यु भएको रिपोर्ट आएको उनले रातोपाटीलाई बताए । यस्तै, ६८ वर्षीय नगरकोटी लिभर र फोक्सो संक्रमणको बिरामी रहेको रिपोर्ट आएको शर्माले उल्लेख गरे । उनले नगरकोटीको फोक्सोमा पिप जामेको कारणले मृत्यु भएको बताए ।
नगरकोटी र राई निमोनियाको उपचार गर्न अस्पताल भर्ना भएका थिए । ज्येष्ठ नागरिक वार्डमा नगरकोटी कात्तिक १० मा र राई कात्तिक १६ मा निमोनियाको उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण