बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन अस्पतालमा बिरामीको मृत्यु प्रकरण : औषधिका कारणले मृत्यु नभएको रिपोर्ट

आइतबार, २२ पुस २०८०, १२ : २६
आइतबार, २२ पुस २०८०

काठमाडौँ । पाटन अस्पतालमा इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको भनिए पनि औषधिका कारणले मृत्यु नभएको रिपोर्ट आएको छ । गत कात्तिक १८ गते अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो । 

ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुङ्गाकी ९० वर्षीय जनमाया राईलाई मृत्यु हुनुभन्दा केही समयअगाडि लगाइएको सुईमार्फत दिइएको औषधिबाट ज्यान गएको आफन्तले दाबी गरेका थिए । तर औषधिका कारणले उनीहरूको मृत्यु नभएको छानबिनबाट पुष्टि भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज शर्माले बताए । 

उनका अनुसार दुवै बिरामी ९० वर्षीय राईलाई दम र खोकी थियो । सोही कारणले मृत्यु भएको रिपोर्ट आएको उनले रातोपाटीलाई बताए । यस्तै, ६८ वर्षीय नगरकोटी लिभर र फोक्सो संक्रमणको बिरामी रहेको रिपोर्ट आएको शर्माले उल्लेख गरे । उनले नगरकोटीको फोक्सोमा पिप जामेको कारणले मृत्यु भएको बताए । 

नगरकोटी र राई निमोनियाको उपचार गर्न अस्पताल भर्ना भएका थिए । ज्येष्ठ नागरिक वार्डमा नगरकोटी कात्तिक १० मा र राई कात्तिक १६ मा निमोनियाको उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप